जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • सामाजिक सुरक्षा कोषमा सरकारको १ अर्ब ६ करोड निकासा, कोष – ‘८४ प्रतिशत जम्मा भयो’

सामाजिक सुरक्षा कोषमा सरकारको १ अर्ब ६ करोड निकासा, कोष – ‘८४ प्रतिशत जम्मा भयो’

सरकारले सामाजिक सुरक्षा कोषमा १ अर्ब ६ करोड रुपैयाँ पठाएको छ।
चालु वर्षको बजेटमार्फत् घोषित कोषमा योगदानकर्ताको गत जेठ र असारको योगदान वापतको रकम सरकारका तर्फबाट पठाइएको हो।

हाल जम्मा हुनुपर्ने ८४ प्रतिशत रकम जम्मा भएको कोषका प्रवक्ता विवेक पन्थीले बताएका छन्। उनका अनुसार उक्त रकम योगदानकर्ताको खातामा जम्मा गरिएको छ।

योगदान रकम जम्मा गर्दा तोकिएको महिना अघिको तीन महिना र पछिको तीन गरी ६ महिनामध्ये जुनमा न्युनतम रकम दाखिला भएको छ, त्यसलाई आधार मानिएको कोषको विज्ञप्तिमा उल्लेख छ।

5110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका