जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • वैशाख २७ मध्यरातदेखि ३० गते मतदान नसकिएसम्म मदिरा बिक्री र सेवनमा प्रशासनले लगायो प्रतिबन्ध

वैशाख २७ मध्यरातदेखि ३० गते मतदान नसकिएसम्म मदिरा बिक्री र सेवनमा प्रशासनले लगायो प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचनको समयअवधिभरका लागि मदिराजन्य पदार्थ बिक्री र सेवन गर्न प्रतिबन्ध लगाएको छ।

यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर प्रशासनले मदिराको बिक्री र सेवनमा रोक लगाएको हो।

कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै वैशाख २७ गते मध्यरातदेखिका लागि मदिरा बिक्री तथा सेवन प्रतिबन्ध गरेको हो।

प्रशानको यो प्रतिबन्ध वैशाख ३० गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि लागु हुने जारी सूचनामा जनाइएको छ।

5530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्