जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त, गभर्नरसमक्ष लिए शपथ

नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त, गभर्नरसमक्ष लिए शपथ

नेपालको पहिलो र ऐतिहासिक वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा शोभाकान्त पौडेल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको गत जेठ १ गते बसेको बैठकले पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको औपचारिक शपथ ग्रहण गर्दै आफ्नो कार्यभार सम्हालेका छन्।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच गभर्नर पौडेलले नवनियुक्त अध्यक्षलाई पदको गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंक र नेपाल बैंकका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। नवचयन भएका अध्यक्ष पौडेलसँग प्रशासनिक तथा वित्तीय क्षेत्रमा लामो कार्यअनुभव रहेको छ। बैंकको व्यावसायिक सुशासन, डिजिटल बैंकिङ रूपान्तरण र बदलिँदो वित्तीय बजारमा नेपाल बैंकको प्रतिस्पर्धी क्षमतालाई थप सुदृढ बनाउन उनको नेतृत्व महत्वपूर्ण रहने विश्वास बैंक व्यवस्थापन र लगानीकर्ताहरूले लिएका छन्। आफ्नो कार्यकालमा बैंकलाई थप सबल, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता नवनियुक्त अध्यक्ष पौडेलले व्यक्त गरेका छन्।

245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका