
कुमारी क्यापिटल लिमिटेडको अर्को म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाई आजदेखि विक्रीमा आएको छ । क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरका एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।
कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा बिक्री गर्न लागिएको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यस फण्डको इकाईमा आज कार्यालय अवधिपश्चात् छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने छ भने सो समयसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यस फण्डको इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै , मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ । क्यापिटललेनै इकाई विक्री प्रबन्धकको जिम्मेवारी पुरा गर्नेछ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































