जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बैंकको खुद ब्याज आम्दानी १७% ले बढ्यो

बैंकको खुद ब्याज आम्दानी १७% ले बढ्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको खुद ब्याज आम्दानी १७.१ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी १७.१० प्रतिशतले बढेर ९६ अर्ब २९ करोड ७६ लाख २० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ८२ अर्ब २२ करोड १५ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

२० वटा बैंकमा ९ वटा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने बाँकी ११ वटाको बढेको छ । ब्याज आम्दानी घटेका बैंकमा राष्ट्रिय वाणिज्य, एनआईसी एशिया, एनएमबि, एभरेष्ट, सानिमा, सिटिजन्स, नेपाल एसबिआई, माछापुच्छ्रे र स्टयान्डर्ड चार्टर्ड रहेका छन् । बाँकी बैंकको बढेको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी ४.७३ प्रतिशतले घटेर ५ अर्ब ७२ करोड २१ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

यस्तै एनआईसी एशिया बैंकको १०.१ प्रतिशतले घटेर ५ अर्ब ५४ करोड १४ लाख १७ हजार रुपैयाँ, एनएमबि बैंकको १२.४ प्रतिशतले घटेर ३ अर्ब ७४ करोड २ लाख ४६ हजार, एभरेष्ट बैंकको १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड ३४ लाख ८७ हजार, सानिमा बैंकको ६.०४ प्रतिशतले घटेर ३ अर्ब १ करोड ६६ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

यस्तै सिटिजन्स बैंकको ०.२१ प्रतिशतले घटेर २ अर्ब ८३ करोड ९८ लाख ३१ हजार, नेपाल एसबिआई बैंकको ०.५६ प्रतिशतले घटेर २ अर्ब ६५ करोड ८५ लाख ४२ हजार, माछापुच्छ्रे बैंकको ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार र स्टयान्डर्ड चार्टर्ड बैंकको ७.५४ प्रतिशतले घटेर २ अर्ब ६३ करोड १४ लाख २१ हजार रुपैयाँमा सिमित भएको छ ।

पुस मसान्तसम्म सबैभन्दा बढी खुद ब्याज आम्दानी गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । खुद ब्याज आम्दानीमा पहिलो स्थानमा ग्लोबल रहेको छ भने दोस्रो र तेस्रोमा क्रमशः नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।

ग्लोबल आइएमई बैकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ६ अर्ब ५४ करोड ३० लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै नबिल बैंकको ५.२३ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८०.२ प्रतिशतले बढेर ७ अर्ब ५४ करोड ३८ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

यस्तै हिमालयन बैंकको ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ करोड रुपैयाँ, कुमारी बैंकको ३५.०१ प्रतिशतले बढेर ५ अर्ब ७२ करोड ५३ लाख ९९ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १०४.६६ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड ८३ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

यस्तै प्रभु बैंकको ४०.५७ प्रतिशतले बढेर ४ हर्ब ७६ करोड ६८ लाख १२ हजार, नेपाल बैंकको २०.४० प्रतिशतले बढेर ४ अर्ब ६३ करोड ४० लाख ६६ हजार, कृषि विकास बैंकको २०.३२ प्रतिशतले बढेर ४ अर्ब ४८ करोड ७३ लाख ८० हजार, सिद्धार्थ बैंकको २.१४ प्रतिशतले बढेर ४ अर्ब १० करोड ३८ लाख ५८ हजार, प्राइम बैंकको ९.५३ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?