जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल एसबीआइ बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै

नेपाल एसबीआइ बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै

नेपाल एसबीआइ बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री गर्न अनुमति पाएको छ। धितोपत्र बोर्ड(सेबोन)ले बिहीबार बैंकलाई उक्त ऋणपत्र जारी गर्ने अन्तिम स्वीकृत गिएको हो।

बैंकले एक हजार रुपैयाँ अंकित दरको कुल ३० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति पाएको हो।

जसमध्ये ६० प्रतिशत अर्थात १८ लाख लाख कित्ता सेयर व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी रहेको १२ लाख कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन सक्नेछन।

बैंकले १० वर्षको अवधिका लागि उक्त ऋणपत्र बिक्री गर्न लागेको हो। ऋणपत्र धनीले वार्षिक १०.२५ प्रतिशत ब्याज आम्दानी गर्नेछन्।

नेपाल एसबीआइ बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई चयन गरेको छ।

4925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?