जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्स् बिच सम्झौता

प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्स् बिच सम्झौता

प्रभु बैंक लि. र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. काबिच बैंकका ग्राहकहरुलाई मोको डिजिटल वालेट मार्फत विद्यूतीय भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा प्रभु बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यससंगै भिषा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने बैंकका ग्राहकहरुले फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. द्धारा प्रवद्र्धित मोको डिजिटल वालेटमा नेपाल ईलेक्टोनिक पेमेन्ट सिस्टम (नेप्स) को सहकार्यमा आफ्नो भिषा डेबिट तथा क्रेडिट कार्ड लिङ्क गरी उक्त भिषा डेबिट तथा क्रेडिट कार्डबाट युटिलिटी विल तिर्न, वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी गर्न, हवाई टिकट खरिद गर्न तथा मोवाईल टपअप लगायतका विद्यूतीय भुक्तानी सम्बन्धी सेवाहरु सजिलै उपभोग गर्न सक्ने भएका छन् । साथै, कार्डमा आधारित स्क्यान टु पे/क्यु आर कोडको माध्यमबाट पनि भुक्तानी गर्न सकिने ब्यबस्था रहेको छ ।

मोको डिजिटल वालेट मार्फत हुने बैंकिङ्ग कारोबार सरल सुरक्षित र भरपर्दो मानिएको छ । प्रभु बैंक लि. र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि. विच सम्पन्न उक्त सम्झौता पश्चात् नेपालको बैंकिङ्ग क्षेत्रमा विद्यूतीय माध्यम मार्फत हुने भुक्तानीको दायरा फराकिलो हुने र प्रभु बैंकका भिषा कार्डबाहक ग्राहकहरुले यो सुविधा उपभोग गरी अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

4380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?