जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • विद्युतीय भुक्तानी गर्दा धुलिखेलका ६ होटलमा सेञ्चुरी बैंकका ग्राहकलाई २०% सम्म छूट

विद्युतीय भुक्तानी गर्दा धुलिखेलका ६ होटलमा सेञ्चुरी बैंकका ग्राहकलाई २०% सम्म छूट

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले धुलिखेलका होटल तथा रिसोर्टहरुमा २० प्रतिशतसम्म छूट पाउने भएका छन्।

बैंकका ग्राहकले सेवावापतको भुक्तानी विद्युतीय माध्यमबाट गरे विभिन्न आधा दर्जन होटल तथा रिसोर्टहरुमा यस्तो छूट पाउने छन्। यसका लागि बैंकले ती होटलहरुसँग सम्‍झौता गरेको जनाएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेल लज रिसार्ट, धुलिखेल भिलेज रिसोर्ट, होटल सारथी, माउण्ट प्रिन्सेस होटल, धुलिखेल नेचर होम र मिरावेल रिसार्ट एण्ड होटलबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा छुट पाउने छन्।

यसमा होटलको फुड एन्ड बेभरेजमा धुलिखेल लज रिसोर्टमा १५ प्रतिशत, धुलिखेल भिलेज रिसोर्टमा १५ प्रतिशत, होटल सारथीमा १५ प्रतिशत, माउण्ट प्रिन्सेस होटलमा २० प्रतिशत, धुलिखेल नेचर होममा १० प्रतिशत र मिरावेल रिसार्ट एण्ड होटलमा १५ प्रतिशत छुट पाउने जनाइएको छ।
साथै रुम शुल्कमा धुलिखेल लज रिसोर्टमा १० प्रतिशत, धुलिखेल भिलेज रिसोर्टमा १५ प्रतिशत, होटल सारथीमा १० प्रतिशत, माउण्ट प्रिन्सेस होटलमा २० प्रतिशत, धुलिखेल नेचर होममा १० प्रतिशत र मिरावेल रिसार्ट एण्ड होटलमा २० प्रतिशत छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा छ।

सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र होटल तथा रिसोर्टका प्रबन्ध संचालक÷प्रमुख कार्यकारी अधिकृतहरुले हस्ताक्षर गरेका छन्।

यसअघि बैंकको धुलिखेल शाखा र हिमालय दृष्य रिसोर्टबीच रिसोर्टले दिने सेवा सुविधामा बैंकका ग्राहक तथा कर्मचारीहरुलाई छुट दिने सम्झौता भएको थियो।

सेञ्चुरी बैंकले काभ्रे जिल्लाका सातसहित देशभर कुल १४५ शाखा संचालनमा ल्याइसकेको छ। यसबाहेक बैंकका १० वटा एक्सटेन्सन काउन्टर, २४ वटा शाखारहित बंैकिङ र ११५ वटा एटिएम रहेका छन्।

4520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?