जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • घुस लिएको अभियोगमा इञ्जिनीयर विरुद्ध मुद्दा

घुस लिएको अभियोगमा इञ्जिनीयर विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनीयर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इञ्जिनीयर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेश गर्दा घुस मागेको पाइएको छ ।

आयोगका अनुसार सुरुमा ५० हजार रुपैयाँ बराबरको घुस माग गरेको भन्ने विषयमा अनुसन्धान गर्दा उनले थप तीन लाख ५६ हजार ५०० रुपैयाँ बराबरको घुस लिएको खुलेको छ । आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

4390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका