जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बैंकर्स र व्यवसायीलाई डाकेर याक एण्ड यतिमा राष्ट्र बैंकको अन्तरक्रिया

बैंकर्स र व्यवसायीलाई डाकेर याक एण्ड यतिमा राष्ट्र बैंकको अन्तरक्रिया

नेपाल राष्ट्र बैंकले बैंकर्स र व्यवसायीसँग छलफल गर्न आयोजना गरेको अन्तरक्रिया कार्यक्रम होटेल याक एण्ड यतिमा सुरु भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु र निजि क्षेत्रका संगठनका अध्यक्षहरुलाई बोलाए  अन्तरक्रिया गरेको हो ।

राष्ट्र बैंकले चालु पुंजी कर्जा, यसको प्रयोग, चालु पुंजी कर्जाको पछिल्लो अवस्था, तथा यसमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गर्न अन्तरक्रिया आयोजना गरेको हो। छलफलमा वाणिज्य बैंकहरुका सीइओ, विकास बैंकका सीइओ, फाइनान्स कम्पनीका सीइओ रहेका छन्। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष लगायतका व्यवसायी सहभागी छन् ।

अन्तरक्रियामा राष्ट्र बैंकबाट डेपुटी गभर्नर निलम ढुंगाना, तथा विभिन्न विभागका कार्यकारी निर्देशकसँग सहभागी छन् ।

5645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?