जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बीमा समितिले एकै वर्षमा असुल्यो १ अर्ब ७७ करोड रुपैयाँ नियमन शुल्क

बीमा समितिले एकै वर्षमा असुल्यो १ अर्ब ७७ करोड रुपैयाँ नियमन शुल्क

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आम्दानी बढ्दा नियामक बीमा समितिको आम्दानी पनि वृद्धि भएको छ।
गत आर्थिक वर्षमा बीमा समितिको जीवन र निर्जीवन बीमा कम्पनीबाट प्राप्त नियमन शुल्कवापतको आम्दानी १६।४४ प्रतिशतले बढेको हो। बीमा समितिले १ अर्ब ७७ करोड रुपैयाँ नियमन शुल्कवापत आम्दानी गरेको छ। अघिल्लो आवमा जीवन र निर्जीवन बीमा कम्पनीबाट समितिले १ अर्ब ५२ करोड रुपैयाँ नियमन शुल्कवापत आम्दानी गरेको थियो। यस आम्दानीमा पुनर्बीमा कम्पनीको आय जोडिएको छैन।

बीमा समितिका अनुसार १९ जीवन बीमा कम्पनी र २० निर्जीवन बीमा कम्पनीसहित ३९ बीमा कम्पनीले गत आर्थिक वर्षमा १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ कुल बीमाशुल्क आम्दानी गरेका छन्। यो रकमको १ प्रतिशत समितिले नियमन शुल्क आम्दानी गरेको हो।

यो आम्दानी रकम पूनर्बीमा कम्पनीहरु नेपाल पूनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योसेन्सबाट प्राप्त हुने नियमन शुल्कबाहेकको रकम हो।

बीमा ऐन २०४९ को दफा ४० को उपदाफा ९२० बमोजिम प्रत्येक बीमक(पूनर्बीमक सहित) ले बीमा समितिलाई नियमन शुल्कवापत आफ्नो व्यवसायबाट आम्दानी गरेको कुल बीमाशुल्कको १ प्रतिशत रकम बुझाउनु पर्छ।

3835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका