जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बैंक अफ काठमाण्डूको एटिएम तथा पिओएसहरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

बैंक अफ काठमाण्डूको एटिएम तथा पिओएसहरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

बैंक अफ काठमाण्डूको सम्पूर्ण एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न सकिने भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले अब उपरान्त बैंकको जुनसुकै एटिएम तथा बैंकका पीओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्ने बैंकले जनाएको हो।

बैंकका अनुसार हालसम्म बैंकको एटिएम तथा पीओएसहरुमा भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो । अब भने हाल प्रयोगमा भएका भिसा र युनियन पे सहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरुको भुक्तानी बैंकको सबै एटिएम तथा पीओएसको माध्यमबाट गर्न सकिने बैंकले जनाएको छ ।

उक्त सम्झौता अनुशार बैंक अफ काठमाण्डूले मास्टरकार्डसंग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्नो ग्राहक महानुभावहरुलाई मास्टरकार्ड उपलब्ध गराउने उल्लेख गरेको छ। बैंकले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट  सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ।

3620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका