जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बैंकिङ कसूर मुद्दामा फरार कुवँर पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार कुवँर पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पर्वत घर भई काठमाडौं महानगरपालिका १६ नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्र बहादुर कुवँरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ वैशाख २ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दाका ३ थान मुद्दामा २५ दिन कैद र ६१ लाख ५४ हजार ८ सय ७५ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।

कुँवरले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी एनआईसी वैंक लिमिटेड शाखा कार्यालय सोह्रखुट्टे काठमाडौंमा रहेको उनकै खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको छ ।

3470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका