जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बैंकले साधारण मुद्दतीमै १२.१३ प्रतिशत ब्याज दिने भएपछि सेयर बजारबाट लगानी झिक्ने होडबाजी

बैंकले साधारण मुद्दतीमै १२.१३ प्रतिशत ब्याज दिने भएपछि सेयर बजारबाट लगानी झिक्ने होडबाजी
ब्याजदर बढेलगत्तै सेयर बेच्नेहरुको सक्रियता बजारमा ह्वात्तै बढेको छ। बजारबाट उम्कनेहरुको चापले सेयर परिसूचक नेप्से १९ सयलाई परीक्षण गर्न पुगेको छ।बैंकहरुले साधारण मुद्दतीको निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर पुर्‍याएका छन्। बचतमै १०.१३ प्रतिशत ब्याज वाणिज्य बैंकहरुले दिनेगरी असोजको ब्याजदर सार्वजनिक गरिसकेका छन्। रेमिट्यान्सबाट सोझै मुद्दतीमा राख्दा १५.१३ प्रतिशतसम्म ब्याज पाइने भएको छ।

ब्याजको यस्तो रिटर्नमा जोखिमपूर्ण ढंगले सेयर बजारमा लगानी गर्न नचाहने माहोल निर्माण हुन्छ। सेयर बजारबाट पुँजी पलायन हुनुको मुख्य कारण बैंकहरुले प्रस्ताव गर्ने ब्याजदर पनि हो। यहि क्रममा जाँदा सेयर बजारबाट थप शिथिल हुने सम्भावना छ।

साताको अन्तिम कारोबार दिन नेप्सेले पुनः दोहोरो अंकको गिरावटलाई निरन्तरता दिएको हो। आज नेप्से १४.१० अंक घटेर १९१०.३८ को विन्दुमा ओर्लिएको छ।

शुक्रबारको गिरावटपछि बजारले मंगलबार र बुधबार गरी कायम गरेको ६८ अंकको वृद्धिको शतप्रतिशत अंश गुमाइसकेको छ। पछिल्लो दुई दिनमा सेयर परिसूचक ७१ अंक घटिसकेको हो।

दुई घण्टाको कारोबार अवधिमा ९० करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। हिजो २ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

4535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका