जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एनसीसी बैंकको मुद्दती खातामा १२.१३३ प्रतिशत ब्याजदर पाइने

एनसीसी बैंकको मुद्दती खातामा १२.१३३ प्रतिशत ब्याजदर पाइने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले भदौ ३१ गते सार्वजनिक गरेको नयाँ ब्याजदर परिवर्तन गरी पुनः सार्वजनिक गरेको छ । बैंकले उक्त दिन सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खाता अन्तर्गतको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो भने अहिले उक्त खाताको ब्याजदर घटाएर १२ दशमलव १३३ प्रतिशत कायम गरेको छ ।

त्यस्तै, बैंकले बचत खाताअन्तर्गतका खाताहरुको ब्याजदर र अन्य खाताको ब्याजदरहरु भने यथावत् नै राखेको छ । जसमा बचत खाता अन्तर्गत न्यूनतम ७ दशमलव १३ प्रतिशत देखि अधिकतम १० दशमलव १३ प्रतिशत ब्याजर दिने बैंकले जनाएको छ ।

3750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?