जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • समृद्धि फाइनान्सको जनकपुर शाखा संचालनमा

समृद्धि फाइनान्सको जनकपुर शाखा संचालनमा

नेपाल राष्ट्र बैंकबाट ग बर्गको राष्ट्रियस्तरको इजाजतपत्र समिद्धि फाइनान्सले आफ्नो आठौँ शाखा जनकपुरमा संचालनमा ल्याएको छ। मधेश प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्रि राम सरोज यादवको उपस्थितिमा आज एक कार्यक्रम मार्फत उक्त शाखाको उद्घाटन गरिएको हो।

शाखा उद्घाटन कार्यक्रममा जनकपुर उपमहानगरपालिका का मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, जनकपुर उ.वा. संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेल सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए।

आज बाट समृद्धि फाईनान्सको ८ वटै शाखा कार्यालयहरुबाट औपचारीक रुपमा कारोबार संचालन भएको जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताए।

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

4655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?