जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंक, आलय प्रालि र रायन इनर्जीका प्रतिनिधि

महालक्ष्मी विकास बैंक, आलय प्रालि र रायन इनर्जीका प्रतिनिधि

काठमाडौं। महालक्ष्मी विकास बैंकले स्वच्छ उर्जामा महिला उद्यमीहरुको पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहल सुरु गरेको छ।
बैंकले आलय प्रालि र रायन इनर्जी प्रालिसँगको सहकार्यमा स्वच्छ उर्जामा महिला उद्यमीहरुको पहुँच बढाउने पहल सुरु गरेको हो। बैंकले काभ्रेका लघु उद्यमी महिलालाई विद्युतीय सवारी साधन खरिदका लागि वित्तीय सहयोग प्रदान गर्नेछ।

आधिकारिक विक्रेता तथा निर्माताको रुपमा रहेको रायन इनर्जीले सुरक्षित तथा वातावरण अनुकुल विद्युतीय सवारी साधन आपूर्ति गर्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। कम्पनीले आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत
प्रदान गर्नेछ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर गरेर गरिएको यो सहकार्यले हरित अर्थतन्त्रको प्रवर्धन, वित्तीय विशेषज्ञता तथा नवीनतम प्रविधिको विकास र लैंगिक समानता हासिल गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

3430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका