जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपालले क्रिप्टोकरेन्सीलाई रोक्न सक्दैन, अब खोल्नुपर्छ : गोल्यान

नेपालले क्रिप्टोकरेन्सीलाई रोक्न सक्दैन, अब खोल्नुपर्छ : गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताए । उनले आईटीको विकास तीव्र गतिमा अगाडि बढेकाले नेपालले क्रिप्टोकरेन्सीलाई रोक्न नसक्ने भन्दै सरकारले सोच्नुपर्ने अवस्था रहेको बताए ।

शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल (एक्यान) ले गरेको दीगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले नेपालले सबै भन्दा बढी कृषिजन्य सामग्री आयात गर्ने भएकाले कृषिमा सम्भावना धेरै रहेको बुझ्न आवश्यक रहेको बताए ।

‘नेपालले जंगलबाट ५ खर्ब बराबरको जडिबुटी निर्यात गर्नसक्ने अवस्था छ । अब निजी र सामुदायिक वनलाई सरकारले खोल्नुपर्छ,’ उनले भने, ‘जडिबुटी,जलविद्युत् र कृषिमा लगानी बढाएर निर्यातमार्फत नेपालको व्यापार घाटा कम गर्न सकिन्छ ।’

उनले कृषि र कृषि प्रशोधनमा ठूलो सम्भावना भएपनि तत्काल अपेक्षा गरेजस्तो प्रतिफल नआउने बताए ।

5010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका