जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने म्याद थपियो

युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने म्याद थपियो

इन्स्योरेन्सले निष्काशन गरेको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयरमा आवेदन गर्ने म्याद थप भएको छ ।

यस अघि असोज ६ गतेसम्म मात्र हकप्रद भर्न सकिने भनिएको थियो। अब म्याद थपेर असोज २३ गतेसम्म कायम गरिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।

उक्त हकप्रदमा साउन १३ गते सम्म कायम शेयर धनीले असोज २३ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

युनाइटेड इन्स्योरेन्सका सम्पूर्ण शाखा तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलबाट हकप्रदमा आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइने पनि कम्पनीले जनाएको छ ।

युनाइटेडको हाल चुक्ता पूँजी ३० करोड २४ लाख छ । हकप्रद बिक्रीपछि चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख पुग्नेछ ।

हकप्रदपछि शेयर स्वामित्व संस्थापक र सर्वसाधारणको ६०ः४० अनुपातमा हुने कम्पनीले जानकारी दिएको छ ।

8055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?