जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • विशेष अदालतको फैसला विरुद्ध अख्तियारले गुहार्यो सर्वोच्च

विशेष अदालतको फैसला विरुद्ध अख्तियारले गुहार्यो सर्वोच्च

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दाको चित्त नबुझेको भन्दै सर्वोच्च अदालतसँग गुहार मागेको छ । आयोगले विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेको भन्दै चालु आर्थिक वर्षको चार महिनाको अवधिमा १२४ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो ।

जसमा प्रतिवादीको संख्या २५१ रहेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक ७ गतेसम्मको अवधिमा उक्त मुद्दामा चित्त नबुझेर पुनरावेदन दिएको आयोगले जनाएके छ । यी मुद्दामा ४२ करोड १६ लाख २६ हजार ४६२ रुपैयाँ विगो माग गरिएको छ ।

पुनरावेदनमा गएका मुद्दा मध्ये सबैभन्दा बढि घुस तथा रिसवत लिएका मुद्दा रहेका छन् । जुन यस अवधिमा १०४ वटा मुद्दा रहेका छन् । यससँगै सामाजिक सुरक्षा भत्ता हिनामिनाको मुद्दा एक वटा रहेको छ भने गैरकानुननी सम्पत्ति आर्जनको मुद्दा पनि एक वटा रहेको छ ।

आयोगका अनुसार चार महिनाको अवधिमा पुनरावेदन गरिएको मुद्दाहरु मध्ये प्रश्नपत्र गोपनियता भंगको एक, गलत प्रतिवेदनको दुई, झुटा बिल भपाईको दुई, नक्कली बैंक ग्यारेन्टीको एक, जग्गाधनी श्रेष्ता सच्यायएको एक, राजस्व चुहावटको एक, सार्वजनिक पुल निर्माणको एक र गुणस्तरहीन सामान खरिदको मुद्दा एक वटा रहेका छन् ।

3770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?