जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थमन्त्री शर्माको नालायकीपन छल्कियोः अध्यक्ष नियुक्त नहुँदा ७ अर्बको आईपिओ अलपत्र !

अर्थमन्त्री शर्माको नालायकीपन छल्कियोः अध्यक्ष नियुक्त नहुँदा ७ अर्बको आईपिओ अलपत्र !

नेपालको कानून दैवले जानुन भन्ने पूरानो उखान अहिले राज्यका विभिन्न निकायहरुमा लागु भएको छ भन्दा अब चाहि फरक पर्दैन । शेयर बजारलाई नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डले अध्यक्ष नपाउँदा करिब ७ अर्बको आईपीओ नै अलपत्र परेको छ भन्दा अब चाहि फरक पर्दैन । अर्थमन्त्री एबं माओवादी नेता जनार्दन शर्माको नालायकीपनकै कारण यत्रो आईपीओ अलपत्र पर्नुले राज्यलाइृ कति राजश्वको घाटा भएको छ त्यो समयले देखाउने छ अर्थमन्त्री शर्माले आफ्नो मान्छे लयाउने नभए दानदक्षिणा गर्ने मान्छे ल्याउने दाउ छोपेका कारण दोस्रो पटक समिति नै बनाएर फेरि अर्को चर्तिकला देखाएका छन् भन्दा फरक नपर्ला ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई हुँदा ७ अर्ब भन्दा बढिको आईपीइओमा स्वीकृती हुन सकेको छैन भन्दा फरक पदैन । तर, अर्थमन्त्री पार्टीको सभा र सम्मेलनमा लिप्त छन् । यो कस्तो सरकारका अर्थमन्त्री हुन यसको चर्चा र चासो बढेको छ ।
साढे ७ अर्ब बराबरको प्राथमिक सेयर (आईपीओ) जारी हुने भएको छ । नेपाल धितोपत्र बोर्डमा २८ वटा कम्पनीले कुल सात अर्ब ३९ करोड ६६ लाख ४०० रुपैयाँ बराबरको ६ करोड ७२ लाख ४६ हजार चार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्। यसमध्ये १८ वटा हाइड्रोपावर, दुई इन्स्योरेन्स, ६ माइक्रोफाइनान्स र दुईवटा अन्य कम्पनी रहेको देखिन्छ ।

डिस मेडिया नेटवर्क, आईएमई लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर कम्पनीको आवेदन दिएको भेटिएको छ ।विन्धवासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर कम्पनी, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चरर्स लिमिटेड, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, अप्पर हेवा खोला कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालको आवेदन अझै ६ महिनादेखि भएको छैन

तत्कालीन नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर भित्री कारोबार गरेको खुलेपछि सरकारले उनलाई असोज दोस्रो साता बर्खास्त गरेको थियो । तर हालसम्म पनि अध्यक्ष नियुक्त नहुँदा आईपीओ अलपत्र परेको छ भन्दा फरक पर्दैन ।
सेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरू मध्ये सयपत्री हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, रिलायबल लाइफ इन्स्योन्स, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, सिवाईसी लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, स्वेतगंगा हाइड्रो, मन्दाकिनी हाइड्रो, सिक्लेस हाइड्रो, सुपरमाई हाइड्रोपावर, साञ्जेन जलविद्युत र इस्टर्न हाइड्रोपावर रहेको छ ।

डिस मेडिया नेटवर्क, आईएमई लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर कम्पनीको आवेदन दिएको भेटिएको छ ।
विन्धवासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर कम्पनी, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चरर्स लिमिटेड, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, अप्पर हेवा खोला कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालको आवेदन अझै ६ महिनादेखि भएको छैन । यो कस्तो प्रकृया हो हेक्का होस् ।

नेपाल धितोपत्र बोर्डका तथ्यांकअनुसार सबैभन्दा बढी रिलायवल लायफ इन्स्योरेन्सले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि स्वीकृति मागेको छ। सेयर मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ मा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

नेपाल धितोपत्र बोर्डका तथ्यांकअनुसार सबैभन्दा बढी रिलायवल लायफ इन्स्योरेन्सले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि स्वीकृति मागेको छ। सेयर मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ मा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । तर, अरु कम्पनीहरुको स्वीकृतको काम अझै हुन नसकनुको पहिलो कारण भने नेपाल धितोपत्र बोर्डको अध्यक्ष नहुनु नै हो भन्दा फरक पर्दैन ।

4320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका