जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कार्की क्याबिनेटको पहिलो निर्णय: असोज १ गते शोक दिवस, मृतकका परिवारलाई १५ लाख दिने

कार्की क्याबिनेटको पहिलो निर्णय: असोज १ गते शोक दिवस, मृतकका परिवारलाई १५ लाख दिने

सरकारले जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति प्रति दु:ख व्यक्त गर्दै असोज १ गते शोक विदा दिने निर्णय गरेको छ। आज सरकार विस्तारपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले असोज १ गते शोक दिवस मनाउने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले सहादत प्राप्तलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गरिने जानकारी दिए। यस्तै, मृतकका परिवारलाई १५ लाख दिने निर्णय पनि सरकारले गरेको छ।

यस्तै, घाइतेहरुको नि:शुल्क उपचार गर्ने र आन्दोलनका क्रममा धनजन क्षति र ज्यादती भएकोमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरिएको छ। पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाउने तयारी गरिएको भनिए पनि नाम भने तय भएको छैन।

आयोगको प्रतिवेदनको आधारमा कारबाही गर्ने अर्यालले जानकारी दिए। साहदत प्राप्तहरुको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय पनि भएको छ।

1320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका