जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिभिल बैंकको सेयर कारोबार फुकुवा

सिभिल बैंकको सेयर कारोबार फुकुवा

सिभिल बैंकको सेयर कारोबार फुकुवा भएको छ । सेयर कारोबार फुकुवा भएसँगै बुधबारबाट यस बैंकको सेयर कारोबारमा आउनेछ । नेप्सेको मंगलबार बसेको बैठकले सिभिल बैंकको आधारभूत सेयरधनीबाहेकको अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

गत असार २९ गते सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरेको थियो। त्यसपछि असार ३० गतेबाट सिभिल बैंकको सेयर कारोबार नेप्सेले रोक्का गरेको थियो।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मर्जरसम्बन्धी कार्यविधि लागू गर्दै अब मर्जर प्रयोजनका लागि बढीमा १५ दिन संगठित संस्थाहरुको सेयर कारोबार रोक्का गर्न पाइने व्यवस्था गरेको छ। सोही कार्यविधिमार्फत यसअघि मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको सेयर सम्बन्धित निकायको सिफारिसमा नेप्सेले तत्काल खुला गर्नुपर्ने व्यवस्था गरेको छ।

4440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका