जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • अब सुर्ती, चुरोट, मदिराजन्य उद्योगहरुले पनि अनिवार्य विद्युतीय बिल जारी गर्नु पर्ने

अब सुर्ती, चुरोट, मदिराजन्य उद्योगहरुले पनि अनिवार्य विद्युतीय बिल जारी गर्नु पर्ने

अब मदिराजन्य, सुर्तीजन्य, चुरोट तथा गुट्खा उत्पादन गर्ने उद्योगहरुले  अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बिल बिजक जारी गर्नु पर्ने भएको छ । आन्तरिक राजश्व विभागले २०७९ साल माघ १ गतेदेखि ४ प्रकारका उद्योगहरुलाई अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बिल बिजक जारी गर्न निर्देशन दिएको हो  ।

जस अनुसार अब मदिरा, वियर, वाईन, स्प्रिट उत्पादन गर्ने सबै प्रतिष्ठानहरु, चुरोट उत्पादन गर्ने सबै प्रतिष्ठानहरु, गुट्खा उद्योगहरु, र आ.ब.२०७८/७९ मा वार्षिक ५ करोड रुपैयाँभन्दा बढिको कारोवार गर्ने सुर्तिजन्य उद्योगहरुले माघ १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय बिल बिजक जारी गर्नु पर्ने छ।

यस अघि विभागले २०७९/०४/०१ देखि लागू हुने गरी  आ.व. २०७७/७८ वा २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आ.व.को कारोबार रकम रु.१० करोड भन्दा बढीको जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले विद्युतीय बिल बिजक जारी गर्नु पर्ने ब्यबस्था गरेको थियो । त्यस्तै सोहि साउन १ गतेदेखि नै बक्स अफिस प्रणालीमा आबद्ध भएका सम्पूर्ण सिनेमा हलहरु (काठमाडौं उपत्यका बाहिरका समेत) करदाताले विद्युत बिजक जारी गर्नु पर्ने ब्यबस्था छ ।

२०७५/११/२९ देखि नै वार्षिक रु.५ करोड भन्दा बढीको होटल, रेष्टुरेण्ट तथा चमेना गृह र इण्टरनेट सेवा प्रदायक (ISP)को कारोबार गरेका करदाताहरु, तथा वार्षिक रु. १० करोड भन्दा बढीको कारोबार गरेका डिपार्टमेन्टल स्टोर, मार्ट र फ्लोरिङ्ग तथा फर्निसिङको कारोबार गरेका करदाताहरुले विद्युतीय बिजक जारी गर्नु पर्ने ब्यबस्था छ । सोहि मितिदेखि बक्स अफिस प्रणालीमा आबद्ध काठमाडौं उपत्यका भित्रको सिनेमा हलहरुले पनि विद्युतीय विजक जारी गर्नु पर्ने ब्यबस्था छ ।

तोकिएका कारोबार गर्ने बाहेकका जुनसुकै करदाताले अनुमति लिई स्वेच्छिक रुपमा विद्युतीय विजक जारी गर्न सक्ने छन्। तर यस भन्दा अगाडि नै अनुमति लिई विद्युतीय विजक जारी गरिरहेका करदाताहरुले पुनः अनुमति लिनु पर्ने छैन। विद्युतीय माध्यमबाट बीजक जारी गर्ने व्यक्तिले विभागमा सूचीकरण गरिएका विद्युतीय उपकरण तथा सफ्टवेयरहरु मात्र प्रयोग गर्न विभागले आग्रह गरेको छ।

7130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका