जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • लक्ष्मी ग्रुपको सुजल डेरीको व्यापार १६ करोड रुपैयाँले बढेर १.८६ अर्ब नाघ्यो

लक्ष्मी ग्रुपको सुजल डेरीको व्यापार १६ करोड रुपैयाँले बढेर १.८६ अर्ब नाघ्यो

दुधजन्य पदार्थ उत्पादन गरी बिक्री गर्ने लक्ष्मी ग्रुपको सुजल डेरीको कारोबार १६ करोड ३० लाख रुपैयाँ बढेको छ। कम्पनीले सन् २०२२/२३ मा १ अर्ब ८६ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीको व्यापार १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ थियो।

२०२०/२१ मा १ अर्ब २१ करोड, २०१९/२० मा १ अर्ब १९ करोड र २०१८/१९ मा १ अर्ब रुपैयाँ बढीको व्यापार गरेको थियो।

कम्पनीले विभिन्न प्रकारका दुध, दही, आइसक्रिम, धुलो दुध, बटर, घिउ, पनिरलगायत उत्पादन गर्छ।

कम्पनीमा गणेशबहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निरन्जन श्रेष्ठ र निराकार श्रेष्ठको समान १८/१८ प्रतिशत सेयर स्वामित्व छ। बाँकी १० प्रतिशत हिस्सा सुजल फुड प्रालिको हिस्सा छ। जुन लक्ष्मी ग्रुपअन्तर्गतकै कम्पनी हो।

कम्पनीले सफल र लभ बर्ड्स ब्राण्डमा आफ्नो उत्पादन बिक्री गर्छ। कम्पनीले ९३ करोड २६ लाख रुपैयाँको बैकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका