जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेपाली बजारमा नयाँ प्रिमियम ह्विस्कीको आगमन

समाचार

नेपाली बजारमा नयाँ प्रिमियम ह्विस्कीको आगमन

'काला पत्थर' ब्रान्डमा आयो ब्लेन्डेड ह्विस्की

नेपाली बजारमा नयाँ प्रिमियम ह्विस्कीको आगमन

मदिरा बजारमा नयाँ ब्राण्डको ह्विस्कीको प्रवेश भएको छ। नेपालको हार्ड ड्रिङ्स र बियरको मार्केट लिडरमध्येको एक जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ ह्विस्की ल्याएको हो।

उपभोक्ताका लागि नयाँ उत्पादन ल्याउने क्रममा कम्पनीले प्रिमियम क्याटेगरीमा ह्विस्की ल्याएको हो। कम्पनीका अनुसार, उत्कृष्ट स्वाद र विश्वस्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्राण्ड ‘काला पत्थर’ ल्याएको हो।

कालापत्थर एउटा ब्लेन्डेड रिजर्भ ह्विस्की, जुन हिमालयको प्राचिन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ।

कालापत्थर सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिने कम्पनीले जनाएको छ।

वार्जर्ड अर्चर्ड फ्रुट र टफिको क्रिमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिने विज्ञप्तीमा उल्लेख छ। काला पत्थरको मजा वरफको साथ वा सिधै लिन सकिने कम्पनीले जनाएको छ।

काला पत्थर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लियर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ।

4045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका