जोडिनुहोस
सोमवार, बैशाख ८, २०८२
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • नेपाल फाईनान्सको ३०औं साधारण सभा सम्पन्न

नेपाल फाईनान्सको ३०औं साधारण सभा सम्पन्न

निजी क्षेत्रको लगानीबाटपहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको नेपाल फाईनान्स लिमिटेडको ३०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शेयरधनीहरुको उल्लेखनीय सहभागीतामा संचालकहरु हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापती, विकेश शाक्य, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन र स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकार लगायत आधारभुत शेयरधनीहरुको उपस्थितीमा आज शनिबार सम्पन्न सम्पन्न भएको हो ।

साधारण सभामा सामान्य प्रस्तावहरु अन्तर्गत आ.व. २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै आ.व. २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको छ । साधारण सभाले बिशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

3010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका