जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल लाइफको बीमा रकम अनलाइन भुक्तानी गर्दा उपहार नै उपहार

नेपाल लाइफको बीमा रकम अनलाइन भुक्तानी गर्दा उपहार नै उपहार

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ गरेका छन् ।

यस अभियान अन्तर्गत माघ महिनाभरि बीमा शुल्कको नविकरण अनलाईन माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्नेछन् । यसका साथै भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नविकरण शुल्क भुक्तानी गर्ने ग्राहक मध्येबाट हरेक हप्ता एकजनाले इयरबड्स पाउने कम्पनीले जनाएकाे छ ।

त्यस्तै, पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नविकरण गर्ने सम्पूर्णले १०० रुपैयाँ क्यासब्याक प्रदान गर्नेपनि कम्पनीले जनाएकाे छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पे सँग सम्झौता गरेको छ । य

२०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।

6135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका