जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सुजुकीले नेपाली बजारमा ल्यायो एसयुभीमा दुई नयाँ मोडल, माइलेज २८ किमि दिने

सुजुकीले नेपाली बजारमा ल्यायो एसयुभीमा दुई नयाँ मोडल, माइलेज २८ किमि दिने

सुजुकी नेपालले लामो समयपछि नेपाली बजारमा दुई वटा मोडलका नयाँ गाडी सार्वजनिक गरेको छ।

सुजुकीको आधिकारिक बिक्रेता सिजी होल्डिङ्स अन्तर्गतको सिजी मोटोकर्पले शुक्रबार सुजुकीको नयाँ मोडल ‘द ग्राण्ड भिटारा’ र ‘न्यु ब्रेजा’को बजारमा सार्वजनिक गरेको हो।

कम्पनीले यी गाडी सार्वजनिकीकरणसँगै बिक्री पनि सुरु गरेको छ। ग्राण्ड भिटारामा सुजुकीको आफ्नै सर्टिफाइड फुटुज्म डिजाइनको प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसको बाहिरी बनोट र इन्टेरियरमा प्रिमियम डिजाइन छ।

ग्राण्ड भिटारामा पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फूल हाइब्रिड प्रविधियुक्त इन्जिनको प्रयोग गरिएको छ। ग्रान्ड भिटाराको ९ वटा भेरियन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यसले एक लिटर इन्धनमा लगभग २८ किलोमिटर माइलेज प्रदान गर्छ। यसमा भएको हाइब्रिड भेरियन्टमा आफै चार्ज हुने र इनर्जी रिजेनेरेसन प्रविधियुक्त पावरफुल इलेक्ट्रिक हाइब्रिड इन्जिन छ।

ग्रान्ड भिटाराको मूल्य भेरियन्ट अनुसार सुरुवाती मूल्य ६३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस्तै सबैभन्दा टप भेरियन्टको मूल्य ८८ लाख २९ हजार रुपैयाँ कायम गरिएको छ।

यस्तै, नयाँ ब्रेजामा हाईटेक सुविधाहरू छन्। यी दुबै गाडीको इन्जिन क्षमता एउटै रहेको छ। जसमा १.५ भीभीटी हाइब्रिड इन्जिनमा उपलब्ध छ। यसैगरी, विकल्पको रुपमा ६ वटा भेरियन्ट उपलब्ध छ।

ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फीचर्सहरु पाउन सकिनेछ।

यस्तै नयाँ ब्रेजामा भएको इन्जिनले भने एक लिटर इन्धनमा लगभग २० किलोमिटरको माइलेज दिने कम्पनीले जनाएको छ।

ब्रेजाको मूल्य भेरियन्ट अनुसार सुरुवाती मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसैगरी, टप भेरियन्टको मूल्य भने ५६ लाख २९ हजार रुपैयाँ कायम गरिएको छ।

3450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?