जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मंसिर २९ गतेदेखि विराट एक्स्पो हुँदै, ‘लगानी पेभेलियन’बाट प्रदेश १ मा व्यावसायिक अवसर खोजिने

मंसिर २९ गतेदेखि विराट एक्स्पो हुँदै, ‘लगानी पेभेलियन’बाट प्रदेश १ मा व्यावसायिक अवसर खोजिने

उद्योग संगठन मोरङले विराटनगरमा गर्न लागेको विराट एक्स्पो २०७९ को तयार पूरा भएको छ। उक्त कृषि तथा औद्योगिक प्रदर्शनीको मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए।

प्रदर्शनी पुरानो हवाई फिल्डस्थित स्नातकोत्तर क्याम्पसको मैदानमा हुन लागेको हो।

प्रदर्शनीको मूल व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालका अनुसार प्रदर्शनीमा तीनसय ६५ स्टल रहनेछन् । यसमा पर्यटन, लगानी, श्रम–रोजगार तथा सीप र स्टार्टअप गरी चारवटा छुट्टाछुट्टै पेभिलियन हुने बताइएको छ।

संयोजक दुलालले कर्पोरेट औद्योगिक क्षेत्रका लागि ७५ र उपभोग्य समाग्रीका औद्योगिक उत्पादनका लागि ७५ र खाद्य सामग्रीका लागि १० वटा स्टल छुट्याइएको बताए ।

दुलालले प्रदेश नं. १ का लगानीका क्षेत्रहरू, सम्भावित परियोजनाहरू, लगानीको मोडेल, तथा लगानी सहजीकरणका नीतिगत कार्य–व्यवस्थाहरूको विस्तृत जानकारीसहितको ‘लगानी पेभिलियन’ एक्स्पोको अर्को मुख्य आकर्षण रहेको उल्लेख गरे ।

त्यस्तै प्यागोडा शैलीमा आकर्षक डिजाइनसहित निर्माण गरिने पर्यटन पेभिलियनमा प्रदेश नं. १ का विभिन्न पर्यटकीय गन्तव्यहरूको जानकारी राखिनेछ ।

महत्वपूर्ण गन्तव्य पाथिभरा, कञ्चनजङ्घा, सगरमाथा बेस क्याम्प र गुफा पोखरीको थ्रीडी भिआर प्रविधिबाट भर्चुअल टुर गर्न मिल्ने गरी व्यवस्था गरिएको छ । साथै होलोग्राम प्रविधिमार्फत् प्रमुख गन्तव्यहरूको अवलोकन गर्न मिल्ने गरी व्यवस्था गरिएको छ । प्रदर्शनीको अवधिभरी माउन्टेन फ्लाइट पनि सञ्चालन गरिने दुलालले जानकारी दिए ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा भएका सबै प्रकारका प्रदर्शनीमा औद्योगिक उत्पादनहरू, कृषि तथा पर्यटन लगायतका क्षेत्रहरूको अवस्था, ऐतिहासिकता एवम् सम्भावना उजागर गर्ने भिडियो सामग्रीहरू, सूचनामूलक तथा कमर्सियल विज्ञापनहरू प्रसारण गर्न छुट्टै डिजिटल डिस्प्ले बोर्डको व्यवस्था गरिने बताइएको छ।

त्यस्तै कृषि, पर्यटन र उद्योगलाई केन्द्रमा राखेर यस्को यान्त्रिकीकरण, व्यवसायीकरण तथा औद्योगिकीकरणमा सहजीकरण गर्ने उद्देश्यले दैनिक विविध विषयहरूमा प्राविधिक सत्रहरू सञ्चालन गरिँदैछ ।

प्रदेश नं १ मा लगानीका अवसर तथा नीतिगत वातावरण, लगानीमैत्री नीतिगत व्यवस्था, कृषि, पर्यटन, उद्योग, पूर्वाधार, मानवस्रोत, ऊर्जा लगायतका मुद्दाहरूमा विज्ञहरूको सहभागितामा नीतिगत बहस र छलफल हुँदैछ ।

मेलामा साँझ ४ बजेसम्म ५० रुपैयाँ र ४ बजेपछि एक सय रुपैयाँ प्रवेश शुल्क राखिएको संयोजक दुलालले जानकारी दिए। सात दिनसम्म सञ्चालन गरिने मेलाको तीनलाख भन्दा धेरैले अवलोकन गर्ने र ३० करोडको कारोबार हुने लक्ष्य आयोजकले राखेको छ।

1725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका