जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • बोर्ड अध्यक्षबाट बर्खास्तमा परेका भीष्मराजको मुद्दामा मिसिल झिकाउने आदेश

बोर्ड अध्यक्षबाट बर्खास्तमा परेका भीष्मराजको मुद्दामा मिसिल झिकाउने आदेश

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानाको मुद्दामा मिसिल झिकाउन आदेश दिएको छ । बिहिबार कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्की र न्यायधिश नहकुल सुवेदीको संयुक्त इजलाशले ढुंगानाको मुद्दामा मिसिल झिकाउने आदेश दिएको हो ।

उक्त आदेशमा प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयसँग बर्खास्त गर्दाको निर्णयकपि ल्याउन भनेको छ । त्यस्तै बर्खास्त गर्दा टेकेका कानूनी आधारसहितका प्रमाणहरु के–के हुन् साथै ल्याउने गरी मिसिल झिकाउने आदेश भएको जनाइएको छ ।

अर्थ मन्त्रालयले आफूलाई स्पष्टिकरण सोधेर बर्खास्त गरेपछि ढुंगानाले २०७८ भदौ २३ गते रिट सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उनले सर्वाेच्चमा ३ वटा छुट्टाछुट्टै रिट दर्ता गरेका थिए ।

मन्त्रिपरिषदले बर्खास्त गर्ने निर्णय गरेपछि सो विरुद्ध २०७८ कार्तिक ७ गते र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएपछि उक्त नियुक्त बदर गरी आफूलाई नै पुनर्बहाली गर्न माग गर्दै २०७९ वैशाख २१ गते रिट दायर गरेका थिए । अदालतले सबै रिटलाई एकै साथ सुनुवाई गर्दै आएको छ । ढुंगानाले रिटमा आफूलाई निलम्बन गर्ने, बर्खास्त गर्ने र नयाँ अध्यक्ष चयनको लागि भएका सम्पूर्ण प्रक्रिया बदर गरी बोर्ड अध्यक्षमा आफूलाई पुनर्बहाली गर्न माग गरेका छन् ।

अदालतले २०७८ असोज २१ गते कारण देखाउ आदेश गर्दै अन्तरिम आदेश नहुने आदेश दिएको थियो । २०७८ पुस ७ गते २ न्यायधीश बीच अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे रायबाझीएपछि पूर्ण इजलाशमा सुनुवाई भएको थियो । २०७८ फागुन ५ गते पूर्ण इजलाशले अन्तरिम आदेश नहुने आदेश दियो । त्यसपछि २०७९ फागुन २५ गते मिसिल झिकाउने आदेश भएको हो ।

3235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?