
बाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याज घटाउने निर्णय गरेका छन्।
फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले एक बर्षको मुद्दति निक्षेपको ब्याज दर ०.२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बताए।
‘तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेका छौं’ उनले भने, ‘अब छोटो र लामो अवधिको मुद्दति निक्षेपको ब्याज दर फरक हुने छ।’
पछिल्लो समय ब्याज दर घटाउने दबाब छ। व्यवसायीले आन्दोलन नै घोषणा गरेका छन्।
निक्षेपको ब्याज दर घटेपछि लागत कम भएर आधार दर पनि कम हुन्छ। आधार दर कम हुँदा ऋणको ब्याज दर पनि घट्ने छ।
फाइनान्स कम्पनी संघले बचतको ब्याज दरमा कुनै सहमति गरेको छैन। कम्पनीहरुले आफ्नो सहजताका हिसाबले बचतमा ब्याज दिन सक्ने छन्।
बाणिज्य बैंक र फाइनान्स कम्पनीले भने मुद्दतिमा जस्तै बचतमा पनि ब्याज दरमा सहमति गरेका छन्।
बाणिज्य बैंकहरुले चैत १ गतेदेखि लागू हुने बचतको ब्याज दर मात्र घटाएका छन्। विकास बैंकहरुले भने मुद्दति र बचत दुबैको घटाएका छन्।
बाणिज्य बैंकहरुले मुद्दतीको ११ प्रतिशतलाई यथावत राखेका छन् भने बचतको अहिलेको ६.४२ देखि ८.४ प्रतिशतसम्मको ब्याज दरलाई घटाएर ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय गरेका छन्।
विकास बैंकहरुले बचतको ब्याज साबिकभन्दा ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गर्ने निर्णय गरेका छन्। यो न्युनतम ब्याज हो। बचतमा विकास बैंकहरुले अधिकतम ८.६ प्रतिशतसम्म ब्याज दिने छन्।
मुद्दति निक्षेपको ब्याज दर एक बर्षदेखि माथि र त्योभन्दा कम अवधिका लागि भनेर दुई वटा निर्धारण गरिएको छ।
अहिले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले एक वर्षदेखि माथिको ब्याज दर ०.१५ प्रतिशत बिन्दुले घटाएर ११.६० प्रतिशत दिने निर्णय गरेका छन्।
एक वर्षभन्दा कमको ब्याज दर ०.२५ प्रतिशत बिन्दुले घटाएर ११.५० प्रतिशत कायम गर्ने निर्णय गरेका छन्
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































