कुमारी बैंक चन्द्रौटा शाखाले विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)२०२३ को अवसर पारेर कपिलवस्तुको शिवराज न.पा ५ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
समयथान बहुमुखी क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा कक्षा १२ देखि स्नातक(विविएस)सम्मका १ सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बैंकका शाखा प्रबन्धक विकाश खनाल र कर्जा अधिकृत कृष्ण बाबु घिमिरेले कार्यक्रममा बोल्दै वित्तीय साक्षरताको महत्व, फाईदा, बचत, भविष्यको आर्थिक भैँपरीबाट बच्न सकिने विषय, फजुल खर्छ नियन्त्रण र लघु उद्यममा विषयमा सूक्ष्म रुपमा जानकारी गराएका थिए ।
आजको बचतबाट नै आफ्नो सपना भोलिका दिनमा पूरा गर्न सकिने भन्दै आजैबाट बचत गर्न समेत प्रेरित गरिएको थियो । त्यसैगरी डिजिटल बैंकिङका बारेमा पनि कार्यक्रममा प्रष्ट पारिएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले जानी नजानी अनावश्यक शिर्षकमा फजुल खर्च गरेको र अब उप्रान्त खर्च गर्दा सोच विचार गरेर मात्र खर्च गर्ने भन्दै कार्यक्रमले बचत गर्न सिकाएको प्रतिक्रिया दिएका थिए