जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंकद्वारा ग्लोबल मनि विक भिडियो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

सिद्धार्थ बैंकद्वारा ग्लोबल मनि विक भिडियो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

सिद्घार्थ बैंक लिमिटेडले ग्लोबल मनि विकको विषयवस्तुलाई सार्थक बनाउने उद्देश्यका साथ टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको थियो ।

जसमा “बैंकमा बचत गर्नुका फाइदाहरु” शीर्षकमा भिडियो बनाई अधिकतम मनपराईएका तिन प्रतियोगिहरुलाई क्रमश तीस हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरेको थियो ।

उक्त प्रतियोगिताका विजेताहरुलाई आज सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको छ । विजेताहरुलाई बैंकका प्रमुख डिजिटल मार्केटिङ्ग अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे ।

उनले सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना प्रदान गर्न मद्दत पुग्ने भएकोले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिदैँ जाने कुरा पनि व्यक्त गरे ।

यस्तै बैंकले फेसबुक पेजमार्फत सात दिन दैनिक क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो । यसका साथै बैंकले देशका सातै प्रदेशमा ९८ विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु पनि आयोजना गरेको थियो जसमा २,११८ जना महिला र २,०७२ जना पुरुष गरी कुल ४,१९० जनाको प्रतक्ष्य सहभागिता रहेको थियो

4345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका