जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीमध्ये दुई जनाको नाममा रहेको ८९ हजार ३५३ कित्ता सेयर बिक्री गर्ने भएको छ। संस्थापक सेयरधनी रजनी प्रधान र शिशिरनाथ ज्ञवालीको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो।

दुवैले आफ्नो नामको संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले प्रक्रिया अघि बढाएको हो।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त सेयर बिक्रीका लागि पहिलो प्राथमिकता सस्थापक सेयरधनीहरुलाई छ। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक प्रक्रिया पुर्‍याइ आवेदन दिन सक्ने बैंकले जनाएको छ।

आवेदन बैंकको बैंकको केन्द्रीय कार्यालय काठमाडौंको हात्तीसारस्थित कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिन्छ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट पर्याप्त आवेदन नपरे प्रचलित व्यवस्था अनुसार उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकको सूचनामा उल्लेख छ।

4280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर