जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • लघुवित्तले ऋणीबाट प्रकाशित दरभन्दा बढी ब्याज लिन नपाउने

लघुवित्तले ऋणीबाट प्रकाशित दरभन्दा बढी ब्याज लिन नपाउने

लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ऋणीहरुबाट प्रकाशित दरभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । राष्ट्र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन २०७९ जारी गर्दै प्रकाशित गरेको दरभन्दा बढी ब्याज लिन नपाउने जनाएको हो । ।

‘लघुवित्त वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुसम्म बढाउन सक्नेछन् भने कर्जाको ब्याजदरको हकमा प्रकाशित ब्याजदरभन्दा बढी दर कायम गर्न पाइने छैन ।’- राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।

त्यस्तै, सोही निर्देशनमार्फत राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले २०७९ माघदेखि आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नसमेत निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन, २०७८ तथा सो प्रश्चात २०७९ चैत ३० गतेसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत निर्देशन २०७९ जारी गरेको हो ।

3840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका