जोडिनुहोस
मङ्लबार, जेष्ठ १६, २०८०
मङ्लबार, जेष्ठ १६, २०८०
  • होमपेज
  • इच्छाकामनाः एमालेको ‘कोर एरिया’ मै हावी हुँदै रवि, अन्यत्र मतको सुनामी ल्याउने संकेत

इच्छाकामनाः एमालेको ‘कोर एरिया’ मै हावी हुँदै रवि, अन्यत्र मतको सुनामी ल्याउने संकेत

यसपाली चितवन २ को उपनिर्वाचनमा कसले जित्ला भन्दा पनि रवि लामिछानेको भोट घट्ला कि बढ्ला भन्ने चासो धेरै थियो । उनको जितमा भने कसैलाई शंका थिएन ।

अन्य दलहरुले चाहीँ चितवनको माहोल पहिलेजस्तै छैन भनिरहेका थिए । उनीहरुको दावी थियो– रविको लोकप्रियता धराशयी भइसकेको छ । यसपाली नतिजा उल्टिन्छ ।

आज इच्छाकामना गाउँपालिकाबाट सुरु भएको मतगणनाको प्रारम्भिक रुझानले भने त्यस्तो संकेत गर्दैन । यो त्यही गाउँपालिका हो, जहाँ गत मंसिरमा भएको चुनावमा एमालेले प्रभूत्व जमाएको थियो । तर, अहिलेको गणनामा रविले सुरुमै अग्रता कायम गरेका छन् ।

ग्रामिण इलाकाहरु भएको इच्छाकामनामा ७ वटा वडाहरु छन् । तिनीहरुमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले कुल ३ हजार ६ सय २३ भोट ल्याएका थिए । दोस्रो स्थामा रहेको कांग्रेसका उमेश श्रेष्ठ थिए । उनले ल्याएको मत थियो ३ हजार २१६ । रवि दुई हजार ९ सय ७५ मतका साथ तेस्रो स्थानमा थिए ।

इच्छाकामना गाउँपालिकाबाट बाहिरिनासाथ रविले आफ्नो भोट ह्वात्तै बढाए । शहरी क्षेत्रहरुमा उनको एकलौटी बर्चश्व देखिएको थियो । अन्ततः देशमै सर्वाधिक मतान्तरले उनी विजयी भए ।

अहिले इच्छाकामनाको रुझान हेर्दा पहिलेभन्दा पनि धेरै मत ल्याउने सम्भावनालाई नकार्न सकिन्न । अहिलेसम्म यस गाउँपालिकाका ६ वटा वडाहरुको गणना सकिएको छ । अघिल्लो निर्वाचनमा रविले १ नम्बर वडाबाट ८७ भोट ल्याएका थिए । तर, अहिले सो वडामा उनलाई ३१९ भोट प्राप्त भएको छ । यसैबाट आँकलन गर्न सकिन्छ, कि रविले कसरी भोट सोहोर्दैछन् ।

उपचुनावमा इच्छाकामना गाउँपालिकामा कुल ९ हजार ४४४ मत खसेको थियो । त्यसमध्ये ५ वटा वडाको गणना भइसकेको छ भने वडा नम्बर ६ को गणना जारी छ । जसमा रवि निकट प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेभन्दा झण्डै १६ सय मतले अगाडि छन् । रविले ३ हजार ६०२ भोट ल्याउँदा रामप्रसादको २१२३ भोट आएको छ । कांग्रेसका जितनारायण श्रेष्ठ १४९४ मतसहित तेस्रो स्थानमा छन् ।

इच्छाकामनामा रविलाई आएको भोट देखेर प्रतिस्पर्धीहरु आत्तिएका छन् । अन्य पालिकाहरुमा प्रवेशसँगै रविको एकछत्र हुने त्राश बढेको छ ।
एक स्थानीय पत्रकार भन्छन्, ‘अघिल्लो चुनावभन्दा भोट बढ्ने निश्चित देखियो ।’

आखिर किन बढ्यो त घन्टीलाई भोट ? ती पत्रकारको भनाइमा रविलाई अन्य राजनीतिक दल र मिडियाले समेत घेराबन्दीमा पारेको भन्दै जनतामा सहानुभूति बढेको छ । ‘चुनावका मुखमा उत्पन्न गरिएका विभिन्न विवादहरुले रविलाई फाइदा भएको देखिन्छ,’ उनी भन्छन्, ‘जनतामा नकारात्मक पब्लिसिटी भयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?