जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकको कार्ड स्वाइप गर्दा अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा २५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकको कार्ड स्वाइप गर्दा अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा २५ प्रतिशतसम्म छुट

अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन्।

सिटिजन्स बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकले २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ।

यसका लागि सिटिजन्स बैंक र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउने गरेको छ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

3340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका