जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • प्रहरी कार्यालयका लेखापाल विष्ट घुँस सहित पक्राउ

प्रहरी कार्यालयका लेखापाल विष्ट घुँस सहित पक्राउ

जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्रनानि बिनोद बिष्ट घुँस लिदा लिदै पक्राउ परेका छन् । भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले बिष्टलाई नियन्त्रणमा लिएको हो ।

प्रनानि विष्टले सेवाग्राहीबाट पचास हजार रुपैयाँ र एक लाख पचास हजार रुपैयाँको चेक गरी जम्मा दुई लाख रुपैयाँ घुस  लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित काठमाडौं महानगरपालिका वडा नं १०, नयाँ बानेश्वरबाट शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

3230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?