जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कालोसूचीमा परेको चिनियाँ कम्पनीबाट सेनाले हतियार किन्न खोजेको प्रकरणः हिमालयन बैंकले एलसी खोल्न मानेन

कालोसूचीमा परेको चिनियाँ कम्पनीबाट सेनाले हतियार किन्न खोजेको प्रकरणः हिमालयन बैंकले एलसी खोल्न मानेन

हिमालयन बैंकले हतियार खरिदमा एलसी खोल्न अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिने शान्ति सेनाका लागि ६ अर्ब रूपैयाँ बराबरको सैनिक सामग्री खरिद गर्न नेपाली सेनाले प्रतितपत्र (एलसी) खोल्न लाग्दा बैंकले अस्वीकार गरेको हो ।

कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट सेनाले हतियार खरिद गर्न खोजेको भन्दै हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको हो ।

चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) बाट ६ अर्ब रूपैयाँबराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिदका लागि एलसी खोल्न यही जेठ ३ गते नेपाली सेनाका अधिकारी सो बैंकमा पुगेका थिए । नोरिन्कोलाई संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको थाहा पाएपछि हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको हो ।

चिनियाँ कम्पनी नोरिन्कोबाट यसअघि बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्यान्ड र पाकिस्तानले खरिद गरेका हतियार कमसल भएको पुष्टी भएको थियो ।

2755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका