जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • प्रभु बैंकले एमजीको विद्युतीय सवारीमा ऋण लगानी गर्ने, ब्याजदर प्रतिस्पर्धी हुने

प्रभु बैंकले एमजीको विद्युतीय सवारीमा ऋण लगानी गर्ने, ब्याजदर प्रतिस्पर्धी हुने

प्रभु बैंक लिमिटेडले प्यारामाउन्ट मोटर्स प्रालिले बिक्री गर्ने विद्युतीय सवारीसाधनमा ऋण लगानी गर्ने भएको छ।

ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्टका महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्यारामाउन्टले आयात गर्ने एमजी मोडल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहकलाई प्रभु बैंकले ऋण दिने छ।

ऋण छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा दिने बैंकले जनाएको छ। ऋण बैंकका ३०१ वटै शाखाबाट उपलब्ध हुने छ।

3030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका