जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकले भूकम्प पीडितका लागि स्थापना भएको सहायता कोषमा २५ लाख दिने घोषणा

सिटिजन्स बैंकले भूकम्प पीडितका लागि स्थापना भएको सहायता कोषमा २५ लाख दिने घोषणा

सिटिजन्स बैंकले भूकम्प पीडितको सहायताका लागि २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा यो रकम दिने घोषणा गरेको बैंकका अध्यक्ष प्रवलजंग पाण्डेले जानकारी दिए।

उनले विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति भएको बताउँदै कठिन परिस्थितिमा बैंकले सामाजिक उत्तरदायित्ववहन गर्दै सहयोग घोषणा गरेको बताए।

उनले घाइतेको उद्धार र उपचारमा राज्यलाई साथ चाहिने भएकाले बैंकले सहयोगका लागि सक्रियता देखाएको धारणा राखे।

4060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका