जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • इक्यानमा शेषराज भट्टराई अध्यक्ष पदमा भारी मतान्तरले विजयी

इक्यानमा शेषराज भट्टराई अध्यक्ष पदमा भारी मतान्तरले विजयी

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रिय कार्य समितिको निर्वाचनमा शेषराज भट्टराई अध्यक्ष पदमा भारी मतान्तरले विजयी भएका छन् । शनिबार काठमाडौंमा भएको साधारणसाले भट्टराईलाई भारी मतले विजयी गराएको हो ।

भट्टराई अर्बिट इन्टरनेसनल एजुकेसनका प्रमुख कार्यकारी अधिकृत हुन्। निर्वाचनमा भट्टराईका प्रतिस्पर्दी पूर्व अध्यक्ष विष्णुहरि पाण्डे थिए । निर्वाचनमा भट्टराई पक्षका वर्चस्व रहेको छ। पदाधिकारीमा पाण्डे समूहबाट उपाध्यक्ष लक्ष्मण पौडेल र भुवनबहादुर क्षेत्री मात्रै निर्वाचित भएका छन्। योबाहेक सबै पदाधिकारी पदमा भट्टराई पक्षमा निर्वाचित भएका छन्।

भट्टराईका महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाईँ, रत्नबहादुर भट्टराई रहेका छन्। कोषाध्यक्षमा आशिष कार्की, सह-कोषाध्यक्षमा विकल्पराज पौडेल निर्वाचित भएका छन्।

3080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्