जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • ८.५ प्रतिशतको अन्तर बैंक सापटी आधा प्रतिशतमा झर्‍यो

८.५ प्रतिशतको अन्तर बैंक सापटी आधा प्रतिशतमा झर्‍यो

अधिक तरलताले बैंकहरुबीच आपसमा हुने सापटी दर आधा प्रतिशतभन्दा कममा आएको छ।

गत वर्ष साढे ८ प्रतिशत पुगेको अन्तर बैंक सापटी दर  चालु आर्थिक वर्षको सुरुवातमै आधा प्रतिशत हाराहारीमा आएको हो।

अहिले बैंकिङ प्रणालीमा ५ खर्ब रुपैयाँभन्दा ऋण दिन योग्य अधिक तरलता छ। निक्षेप निरन्तर उक्लिने तर ऋण लगानी नहुने हुँदा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८१ प्रतिशतमा झरेको छ। नियामकीय प्रावधान अनुसार सीडी रेसियो ९० प्रतिशतसम्म भए हुन्छ।

ऋणको माग नभएका कारण सीडी रेसियो घटेको हो।

अहिले बैंकहरुसँग कुल निक्षेप ५० खर्ब ६६ अर्ब र कुल ऋण ४२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ।

तरलता बढी हुँदा मुद्रा बजारको ब्याज पनि घटेको छ। वर्षकै न्यून अंकमा ट्रेजरी बिलको ब्याज आएको छ। राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी बिलको ब्याज ४.१६ प्रतिशत छ भने ९१ दिनेको ५.१८ प्रतिशत छ।

3530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका