नेपालमा कार्गो सञ्चालकहरुको अवैध धन्दाको खुलासा हुन थालेको छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको एक सय केजी सुन ल्याउने कार्गो सञ्चालकलाई आज प्रहरीले पक्राउ गरेपछि काग्रो व्यापारीहरुको अवैध धन्दा पनि सार्वजनिक हुन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा जाँच पार गरेर भित्रिएको सुन बरामद प्रकरणमा दुई जना काग्रो व्यवसायी पक्राउ परेका छन् ।
राजश्व अनुसन्धान विभागको टोलीले ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई पक्राउ गरेको विभागले जनाएको छ। दुईवटा कुरियरबाट हङकङमार्फत क्याथे प्यासिफिकको उडानमा सुनसहितको ब्रेक शु नेपाल आएको थियो ।
नेपालमा सञ्चालनमा रहेका अन्य ठूला काग्रोहरुले पनि अवैध कारोबार गर्ने गरेको बेला बेलामा चर्चा हुने गरेको छ । जसमा डिएचएल, फेकेक्स एरामेक्स लगायतका बहुराष्टिय काग्रोहरु बढी यस्तो धन्दामा संलग्न रहने गरेको एक काग्रो व्यापारी बताउछन् ।
ती व्यापारीले भने, ‘नेपालमा सञ्चालनमा रहेका कार्गोहरुले अवैध रुपमा सुन ल्याउनेदेखि प्रतिवन्धीत सामान समेत नेपालमा ल्याउने गरेका छन् । नेपालमा अवैध रुपमा मोबाइल, बहुमूल्य धातु, चोरीका मूर्ति यीनै बहुराष्टिय कार्गोहरुले ल्याउने गरेका छन् ।’