जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आईपीओ निष्काशन गर्दै जलशक्ति हाइड्रो कम्पनी

आईपीओ निष्काशन गर्दै जलशक्ति हाइड्रो कम्पनी

जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १ करोड कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १ अर्ब रुपैयाँ बराबरको शेयर जारी गर्न लागेको हो।

धादिङ जिल्लाको ईल्लेप (तातोपानी) खोलामा २३.६७५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सर्वसाधारणका लागि शेयर खुला गर्नेछ।

संस्थापकको ६० प्रतिशत तथा सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व रहने यस कम्पनीको जारी पुँजी रु.२ अर्व ५० करोड रहने छ । कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धि सो सम्झौता पत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास खनाल र जलशक्ति हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष डा. भोगेन्द्र्र कुमार गुरागाईले एक समारोहका बीच हस्ताक्षर गरे ।

475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका