जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल बैंकले निक्षेपको ब्याज दर ८.०५ प्रतिशत पुर्‍यायो, रिकरिङसँगै बचतको ब्याज पनि उक्लियो

नेपाल बैंकले निक्षेपको ब्याज दर ८.०५ प्रतिशत पुर्‍यायो, रिकरिङसँगै बचतको ब्याज पनि उक्लियो

नेपाल बैंकले निक्षेपको ब्याज दर बढाएको छ। बैंकले रिकरिङ निक्षेपको ब्याज दर ८.०५ प्रतिशत पुर्‍याएको छ। बैंकले निक्षेपमा बढीमा ७.५ प्रतिशतसम्म मात्र ब्याज दिँदै आएको थियो।

नयाँ निक्षेप योजनाको विशेषता- समान किस्ता, बचत अवधि ६ महिनादेखि १० बर्षसम्म हुनु र आवश्यक परेका बेलामा कर्जा सुविधा पाउनु हो। यो निक्षेपको भुक्तानी अग्रिम पनि हुन सक्छ। 

बैंकले बचत खातामा अधिकतम ४.५५ प्रतिशतसम्म ब्याज दिइरहेको छ। राष्ट्र बैंकले बचतको न्यूनतम ब्याज र मुद्दतिको अधिकतम ब्याजको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी हुन नहुने ब्यवस्था गरेको छ। 

अहिले तरलता अभाव बढ्दै गएको छ। त्यही भएर बैंकले बचतको ब्याजसमेत बढाएको हो। यसले गर्दा मुद्दतिको पनि उक्लिएको हो।

बैंकले ८४औं बार्षिकोत्सवका अवसरमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट, मेरो सेयर र सि-आस्वा लगायत नि:शुल्क रुपमा उपलब्ध गराइरहेको छ। यो सुविधा कात्तिक ३० गतेसम्म मात्र नि:शुल्क पाइने छ। 

5285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका