जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सानिमा बैंकमा अब ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने

सानिमा बैंकमा अब ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने

सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुआत गरेको छ।

सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यूआर कोड स्क्यान गरेर तथा बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ।

यसैगरी बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधाको व्यवस्था गरेको छ। यसअन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ।

यस सुविधाको सुरुआतसँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुड फर पेमेन्ट चेकहरुबाट ग्राहकलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ।

सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएम सञ्जाल रहेका छन्।

3410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका