जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा हीरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकद्वारा हीरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले पर्साको वीरगन्जस्थित श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालयको कक्षा ९ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हीरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हीरा गिरीको स्मृतिमा स्थापित हीरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुंगटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरेको हो। अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले रु. ५० हजारबराबरको छात्रवृत्ति उपलब्ध गराइएको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुंगटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए। विद्यालय व्यावस्थापनका अध्यक्ष गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने भन्दै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ। विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आमग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ।

585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका