जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिटि एक्सप्रेसले मनायो १७ औं वार्षिकोत्सव,बनायो जित नेपाललाई ब्राण्ड एम्ब्यासडर

सिटि एक्सप्रेसले मनायो १७ औं वार्षिकोत्सव,बनायो जित नेपाललाई ब्राण्ड एम्ब्यासडर

सिटी एक्सप्रेस मनी ट्रान्सफरले बिभिन्न कार्यक्रम गरेर आफ्नो १७ औं बार्षिकोत्सव मनाएको छ। सिटि एक्सप्रेसले रक्तदान लगायतका कार्यक्रम मार्फत आफ्नो वार्षिकोत्सव मनाएको हो। त्यस्तै सिटि एक्सप्रेसले वार्षिकोत्सवको अवसरमा हास्य कलाकार जितु नेपाललाई ब्रान्ड एम्ब्यासडर नियुक्त गरेको छ।

सोहि अवसरमा बोल्दै जितु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने जनाएका छन्। कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन  र हास्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

4490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका